
काठमाडौं । नेकपा एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन्। बुधबार साँझ बालुवाटार पुगेर उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाएका हुन्।
राजीनामा दिनुअघि उनीहरू बालकोट पुगेका थिए। अध्यक्ष ओलीले उनीहरूलाई वर्तमान राजनीतिक अवस्थाबारे ब्रिफिङ गरेका थिए। एमालेले आजै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
बुधबार बसेको एमालेको सचिवालय बैठकले २४ घन्टाभित्र राजीनामा दिएर मार्ग प्रशस्त गर्न प्रधानमन्त्री दाहाललाई आग्रह गरेका थिए। प्रधानमन्त्री दाहालले राजीनामा नदिएपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

