
नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा ५ सय रुपैयाँले बढेर १ लाख ४९ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार तोलाको १ लाख ४९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य प्रतितोला १ हजार ७९५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा चाँदी ५ रुपैयाँ घटेको हो ।