सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको १ लाख ५२ हजार ६ सय 

-


     मर्दी न्युज    
     २ भदौ २०८१ मा प्रकाशित


नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।

आज  सुन तोलामा ३ हजार रुपैयाँले बढेर एक लाख ५२ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

शुक्रबार सुनको मूल्य तोलाको १ लाख ४९ हजार ६ सय रहेको थियो।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला ५० रुपैयाँले बढेर १८१० मा कारोबार भइरहेको महासंघले जनाएको छ।