सुनको मूल्य तोलाको एक लाख ५३ हजार

-


     मर्दी न्युज    
     भाद्र ५ गते २०८१ मा प्रकाशित


काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।

आज सुन तोलामा ८ सय रुपैयाँले बढेर एक लाख ५३ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार सुनको मूल्य १ लाख ५२ हजार २ सय रहेको थियो । 

यस्तै, आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर १ हजार ८३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।