गण्डकीमा एमालेका ४ मन्त्री नियुक्त, आजै शपथ हुने

-


     मर्दी न्युज    
     भाद्र १७ गते २०८१ मा प्रकाशित


पाेखरा । गण्डकी सरकारमा नेकपा एमालेबाट ४ मन्त्री थपिएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एमालेका ४ जनालाई मन्त्री नियुक्त गरेका हुन् ।

मन्त्री बन्नेमा नवलपुरकी पद्मा जिसी, बागलुङका कृष्ण पाठक, कास्कीका प्रकाश केसी र पर्वतका मित्रलाल बस्याल छन् ।

जिसीले भूमि व्यवस्था,कृषि तथा सहकारी, पाठकले स्वास्थ्य, केसीले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था र बस्यालले उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

साढे १ बजे शपथको तयारी रहेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

यसअघि भौतिक पूर्वाधारमन्त्री रहेका राजीव गुरुङ (दीपक मनाङे) लाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ । योसँगै गण्डकीमा मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

आइतबार मात्र मुख्यमन्त्री पाण्डेले मन्त्रालयको संख्या ७ बाट बढाएर ९ पुर्‍याएका थिए।