उच्च अंकले बढ्यो नेप्से परिसूचक

-


     मर्दी न्युज    
     १७ भदौ २०८१ मा प्रकाशित


सोमबार नेप्से परिसूचक उच्च अकंले बढेको छ । १२७.३२ अंकले बढेर २८२३.२५ विन्दुमा पुगेको छ।

केहीदिन यता ओरालो लाग्दै आएको नेप्सेमा कारोबार रकममा पनि सुधार आएको छ। आज १३ अर्ब १० करोड रुपैयाँको सेयर किनबेच भएको छ। कुल ३ करोड १४ लाख कित्ता सेयर बिक्रीमा उक्त कारोबार भएको हो।

सबैभन्दा धेरै फाइनान्स समूहको सूचक बढेका छन् । बैंकिङ ४.७३, विकास बैंक ४.९९, फाइनान्स ७.९४, होटेल तथा पर्यटन ४.९२, हाइड्रोपावर ५.३६, लगानी ५.४५, जीवन बीमा ४.६९, उत्पादन ३.३३, माइक्रोफाइनान्स ३.३३, निर्जीवन बीमा ४.८१, अन्य ४.१४ तथा व्यापार समूह २.८५ प्रतिशत बढेका छन् ।

२३९ कम्पनीको मूल्य बढ्दा ५ को घट्यो । यस दिन करिब एक दर्जन कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । नेसनल हाइड्रोपावर, बेस्ट फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, एनएलजी इन्स्योरेन्स, रिलायन्स फाइनान्स, सुपरमाइ हाइड्रोपावर, दोल्ती पावर, मल्टिपर्पस फाइनान्स, कालिन्चोक दर्शन तथा मोदी इनर्जीको मूल्य १० प्रतिशत बढ्यो ।

बुटवल पावरको ९.८, जोशी हाइड्रोको ९.७ प्रतिशत मूल्य बढ्यो । माइखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ३.५९ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा गुडविल फाइनान्स, अपी पावर, हिमालयन रिइन्स्योरेन्स, अरुणभ्याली हाइड्रोपावर र नेपाल फाइनान्स क्रमशः अगाडि रहे ।