
फोटोः संजय था श्रेष्ठ
हिजो अक्टोबर बिग डे मा नेपालभर २६० स्थानमा ६४ जना चरा अबलोकनकर्ताहरुले ३५९ प्रजातिका चराहरुको अबलोकन गरेका छन् ।
विश्वभरका ३८ हजार ३०५ अबलोकनकर्ताहरुले अभिलेख गरेका ७९ हजार २२८ चेकलिस्टमा ७ हजार ५९१ प्रजातिका चराहरुको एक दिनमा अभिलेख गरिएको छ ।
नेपालमा बाग्मती प्रदेशमा सबै भन्दा बढी २४२ प्रजाति, त्यस पछि गण्डकी प्रदेशमा १९३ प्रजाति, कोशी प्रदेशमा १४७ प्रजाति, लुम्बिनी प्रदेशमा ९४ प्रजाति, सुदुरपश्चिम प्रदेशमा ८६ प्रजाति र मधेश प्रदेशमा ४५ प्रजातिको अभिलेखमा कर्णाली प्रदेशमा भने शुन्य रहेको छ ।
देशको शिर्ष १० स्थानमा मनोहरा क्षेत्र ६२, रुपाताल ५३, अर्घा IBA ५२, अष्ट्रेलियन क्याम्प क्षेत्र ४३, डोलेश्वर क्षेत्र ४३, तारेभिर क्षेत्र ४३, गोदावरी क्षेत्र ४०, साँखु सालीनदी क्षेत्र ४०, पशुपतिनाथ क्षेत्र ३७ र शिवपुरी नागार्जुन क्षेत्रमा ३५ प्रजातीहरु रहेका छन् ।
पंछी अबलोकनकर्ताहरु मध्ये मनशान्त घिमिरे, संजय था श्रेष्ठ, बिकी श्रेष्ठ, दिपक बुढाथोकी, शंकर तिवारी, युभिन श्रेष्ठ, कृष्ण भुषाल, हिरुलाल डंगौरा, संयम रुम्बा, निशान्त शर्मा पराजुली शिर्ष १० स्थानमा रहेका छन् ।

फोटोः दिपक बुढाथोकी
विश्वभर गरिएको चरा अबलोकनको शिर्ष १० स्थानमा कम्बोडिया, पेरु, ब्राजिल, ईक्वेडर, अर्जेन्टीना, केन्या, भारत, तान्जानिया, कोष्टारिका र मेक्सिको क्रमशः १३०७, १२४४, १२०६, १०५८, ७३३, ७३१, ७२७, ७२५, ७०८ र ६७० प्रजातिको चराहरुको अभिलेख गरिएको छ । जस अनुसार नेपाल २६ औं नम्बरमा रहेका छन् ।
त्यसै गरि एशियाको शिर्ष १० स्थानमा भारत, थाईल्याण्ड, ईन्डोनेशिया, मलेशिया, नेपाल, चिन, ताईवान, टर्की, फिलिपिन्स र कम्बोडिया क्रमश ७२५, ४५५, ३९८, ३९४, ३६३, ३४४, २६९, २५४, २२९ र २१५ प्रजातिका चराहरुको अभिलेख गरिएको थियो ।
कर्नेल युनिवर्सिटी फर अर्निथोलोजी अन्तर्गतको अन्तर्राष्ट्रिय अनलाईन प्लेटफर्म संस्था ईबर्डले विश्वभरका पंछीहरुका तथ्यांकको सुरक्षित भण्डारण, सार्बजनिककरण, पहिचान, बितरण तथा साङ्खकिय विवरणहरुको अध्यावधिक राख्ने काम गर्दछ ।
नोटः ईवर्डको पछिल्लो डाटा अनुसार अपडेट गरिएको छ । अघिको डाटा सच्याईएको छ ।

