कीर्तिपुर नगर प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार डंगोलको अग्रता कायमै

-


     मर्दी न्युज    
     १७ मंसिर २०८१ मा प्रकाशित


काठमाडौँ । कीर्तिपुर नगर प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलको अग्रता रहेको छ ।

पछिल्लो मत परिणाम अनुसार कांग्रेसका डंगोलले ३३ सय ८५, नेकपा (एमाले) का सुरेन्द्र मानन्धरले २७ सय २६, नेकपा (माओवादी केन्द्र) का शिवशरण महर्जनले २३ सय १७ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

स्वतन्त्र उम्मदेवारहरु राजमान महर्जनले १२ सय सात, दिनेश कुमार अधिकारीले ९७५, स्वतन्त्र उम्मेदवार कवि कुमार महर्जनले ७९४ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ध्रुव महर्जनले ५५४, नेपाल मजदुर किसान पार्टीका श्रीकृष्ण महर्जनले १९३, नेकपा (एकीकृत समाजवादी) का भानु रिजालले ४६ मत प्राप्त गरेका छन् ।