नवौं पर्वतिय महोत्सव (माउन्टेन फेस्टिभल) भोलिदेखि

-


     मर्दी न्युज    
     २२ मंसिर २०८१ मा प्रकाशित


पोखरा । अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, रातोपैरो पोखरामा भोलिदेखि अर्थात् मंसिर २३ देखि २७ गतेसम्म (डिसेम्बर ८–१२ तारीख, २०२४) ९औं पर्वतिय महोत्सव (माउन्टेन फेस्टिभल) हुन गइरहेको छ।

संयुक्त रास्ट्र संघले हरेक वर्षको डिसेम्बर ११ तारीखलाई अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाउने निर्णय पछि नेपाल पर्वतारोहण संघले आफ्नो प्रमुख कार्यक्रमकै रूपमा यो दिवस प्रत्येक वर्ष मनाउन थालेको हो।

महोत्सवमा पर्यटन प्रवद्र्धनका साथै ज्ञान, विज्ञान, अनुसन्धान, कृषि, रेस्टुरेन्ट लगायतका ३० वटा स्टलहरु रहने आयोजकले बताएका छन् । महोत्सवका प्रमुख आकर्षणहरुमा छेलो, आर्चरी, बच्चाहरुको लागि जिप लाइन, बोल्डरिङ्ग, लोक नृत्य रहेको बताइएको छ । विभिन्न सांगीतिक र मनोरञ्जनात्मक कार्यक्रमसहित महोत्सव सुचारु रहने र महोत्सव अवधिभर पचासहजार हाराहारी दर्शकहरुले महोत्सव अवलोकन गर्ने महोत्सव संयोजक तथा नेपाल पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुर राज पाण्डेले मर्दी न्युजलाई बताए ।