रवि लामिछानेलाई म्याद थप्न अदालत लगियाे

-


     मर्दी न्युज    
     २३ मंसिर २०८१ मा प्रकाशित


पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई म्याद थपको माग गर्दै प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार १३ दिन म्याद थपका लागि पुनः अदालत उपस्थित गराएको हो ।

उनलाई पछिल्लो पटक गत मंसिर ९ गते कास्की जिल्ला अदालतले १५ दिनको समय दिएपछि आज छैठौं पटक म्याद थप्न लागिएको हो । गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई सोही दिन कास्की लगिएको थियो ।

सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका लामिछानेमाथी अझै अनुसन्धान नसकिएको भन्दै अदालत लगिएको प्रहरीको भनाइ छ ।