चितवन । जल अर्थात पानीमा आश्रित चराको गणना चितवनमा सुरु भएको छ ।
प्रत्येक बर्षको जनवरी ४ देखि शुरु हुने चरा गणना यसपटक भने जनवरी ६ देखि मात्र सुरु भएको हो । यो समयमा बाहिरबाट जलपक्षीहरू आउने र जाडो सकिएपछि फर्कने गर्दछन् ।
जलपक्षी गणना चितवनको पटिहानी २२ घडगाईदेखि गोलाघाटसम्म, माडीको बगई पुलदेखि रिउ दोभानसम्म ३६ किलोमिटरको क्षेत्रमा गरिएको पश्चिम चितवन क्षेत्र चरा गणनाका संयोजक मनेश कुमार लिम्बुले जानकारी दिएका छन्।
जल आश्रित चरा गणना चितवनको नारायणी नदी राप्ती नदी र सिमसार क्षेत्रमा गर्ने गरिएको उनले भनाइ थियो । चरा गणनाले पानी गुणस्तर मापनका साथै खोला कति प्रदूषित छ भन्ने पनि जनाउने लिम्बुले बताए ।
राप्ती र नारायणी नदीको दिब्यनगर र माडी क्षेत्रमा चरा गणनाका लागि ५३ जना गणकहरू खटिएका छन । पानी चरा उत्तरी क्षेत्र साइबेरिया, रसिया, तिब्बत, मंगोलिया लगाएतको देशहरूबाट आउने गरेका छन् ।
गत वर्षको गणनामा ४७ प्रजातिको पानी चरा भेटिएको थियो भने यो पटक हालसम्म ३८ प्रजातिका मात्र फेला परेको संयोजक लिम्बुले बताए । चरा गणना जनवरी १९ सम्म चल्ने छ ।