काठमाडौँलगायत आसपासका जिल्लामा भूकम्पको धक्का महसुस

-


     मर्दी न्युज    
     फागुन १६ गते २०८१ मा प्रकाशित


काठमाडौँलगायत आासपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ।

बिहान २ बजेर ५१ मिनेट जाँदा भूकम्पको शक्तिशाली धक्का महसुस भएको थियो। लामो समयसम्म कम्पन भएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ ।

भूकम्पबाट भएको क्षतिबारे थप विवरण आउन बाँकी छ ।