लगातार छैटौँ दिन पनि घट्यो सेयर बजार

-


     मर्दी न्युज    
     फागुन २६ गते २०८१ मा प्रकाशित


नेप्से परिसूचक लगातार छैटौं दिन घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज सोमवार नेप्से परिसूचक २० दशमलब ६८ अंकले घटेर ७ सय ५१ दशमलब ४२ अंकमा कायम भएको छ ।

सो अंकको गिरावटपछि बजार २७५१ मा कायम भएको छ । योसहित लगातार छैटौँ दिन बजार घटेको छ । गत सोमबारयता कारोबार भएका सबै दिन बजार घटेको छ ।

आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १० अर्ब ९ करोडको कारोबार भएकोमा अर्ब ८ अर्ब ३७ करोडको कारोबार भएको छ ।

आज कुल ४४ कम्पनीको मूल्य बढ्दा १९१ को घट्यो भने ८ को स्थिर रह्यो । आज अन्यबाहेक सबै समूहगत सूचक घटेका छन् ।