सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला ४ हजारले बढ्यो

-


     मर्दी न्युज    
     चैत्र १ गते २०८१ मा प्रकाशित


नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज सुन तोलामा चार हजार रुपैयाँले बढेर एक लाख ७४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुनको मूल्य तोलामा एक लाख ७० हजार पाँच सय रुपैयाँ कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ५० रुपैयाँले बढेर तोलामा २ हजार ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदी २ हजार रुपैयाँ कायम भएको थियो ।