सुनको मूल्य हाल सम्मकै उच्च, तोलाको १ लाख ८० हजार ३००

-


     मर्दी न्युज    
     चैत्र २१ गते २०८१ मा प्रकाशित


बिहीबार सुनको भाउ हालसम्मकै नयाँ उचाइमा पुगेको छ । आज सुन तोलामा एक हजार २ सयले बढेर १ लाख ८० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

अघिल्लो दिन १ लाख ७९ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । बुधबार तोलामा २ हजार २० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।