
चौतर्फी घेराबन्दीमा परेपछि शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले चैत २० देखि काठमाडौँ केन्द्रित प्रदर्शन जारी राखेका छन् । शिक्षक आन्दोलन नरोकिएपछि उनी दवाबमा थिईन् । शिक्षकहरुको माग सम्बोधन गर्नका लागि पहल गरिरहँदा उनी प्रधानमन्त्री ओलीलाई भेट्न गएकी थिईन् ।
शिक्षामन्त्री, सभामुख, प्रधानमन्त्रीसँग समेत छलफल गरे पनि निष्कर्ष ननिस्किएको अवस्थामा शिक्षामन्त्रीको राजीनामा आएको हो ।