सुनको मूल्य हाल सम्मकै उच्च, प्रतितोला एक लाख ९७ हजार ९०० रुपैयाँ

-


     मर्दी न्युज    
     वैशाख ९ गते २०८२ मा प्रकाशित


स्थानीय बजारमा आज सुनको मूल्य हाल सम्मकै उच्च बिन्दुमा पुगेको छ । आज सुन तोलामा छ हजार नौ सय रुपैयाँले बढेर एक लाख ९७ हजार ९०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुनको मूल्य तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको थियो। 

यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । सोमबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको हो ।