
पोखरा । जैविक विविधता संरक्षण समाज नेपाल र वल्र्ड फेजेन्ट असोसियसनको संयुक्त आयोजनामा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको सहकार्यमा यही बैशाख ४ गते देखि १८ गतेसम्म कालिज प्रजातीहरु (डाँफे, मुनाल, फोक्रास र प्यूरा) को गणना गरेका छन् ।
अनुसन्धानकर्ता र सहयोगीहरुसित १९ व्यक्तिहरुको परिचालन गरि अन्नपूर्ण संरक्षण क्षेत्रभित्र रहेको माछापुच्छ्रे गाउपालिकाको पिलिचो, पिपर, खुमई, कोर्चा, लुबु्रचु, चिचिम्ले, डाँफे चौर, हिले, ओदाने लगाएतका बनक्षेत्रमा रहेका कालिज प्रजातीहरु (डाँफे, मुनाल, फोक्रास र प्यूरा) को गणना गरेको हो ।
गणनामा डाँफे १४६ वटा, मुनाल १४८, प्यूरा १७० र फोक्रास १९ पाईएको छ । यस्तै यस क्षेत्रमा २०० प्रजातिका पंक्षीहरु भेटिएको छ भने सन् १९७९ वाट गरिएको सर्भेक्षणहरुवाट हेर्दा हाल सम्म ३१४ प्रजातिका चराहरु भेटिएको अनुसन्धानले देखाएको छ ।
यो क्षेत्र विश्वमा पंक्षी अवलोकनकर्ता र अनुसन्धानकर्ताहरुका माझ पिपर सेञ्चुरी अथवा पिपर रिर्जभको रुपमा परिचित भएको छ भने यो क्षेत्र रहेको अन्नपूर्ण संरक्षण क्षेत्र चराको महत्वपूण क्षेत्र (IBA) जहाँ ५१८ प्रजातिका पंक्षी पाइएका छन् ।
डाँफे मुनाल लगाएत वन्यजन्तु संरक्षणमा मुख्य चुनौतिको रूपमा देखा परेको अवैध व्यापारका लागि गरिने चोरि शिकारी रहेको छ । बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण आयोजनाले मोवाइलमा आधारित SMART (Spatial Monitoring and Reporting System) Patrolling यसै वर्ष देखि शुरु गरिएको छ साथै ट्रेल क्यामराहरुको पनि प्रयोगको गरि चोरि शिकार नियन्त्रण गर्न निरन्तर लागिएको छ ।
यसमा माछापुच्छ्रे गाउपालिका, ग्रेट माछापुच्छ्रे ट्रेल समितिले पनि डाँफे मुनाल लगाएतका बिभिन्न प्रजातीका पंक्षि तथा वन्यजन्तुको संरक्षणको लागी सहकार्य गरिरहेका छन् । स्थानिय जनसमुदायको सहभागिता र अध्ययन अनुसन्धानलाई जोड दिएर निकट भबिष्यमा यिनिहरुको संख्यालाई बढाई यस क्षेत्रलाइ डाँफे, मुनाल लगाएतका बिभिन्न प्रजातीका पंछिका लागी नेपालकै मुख्य पर्यटकिय गन्तव्य स्थान वनाउने लक्ष्यका साथ यस गणना अध्ययन अनुसन्धान कार्यक्रम हरु गरिएको हो । वर्ड सर्वेक्षणमा नेपाल पंन्छीविद संघले पंक्षीविदहरु उपलब्ध गराई सहयोग गरेको थियो ।