सुनको भाउ ५३ सय बढ्यो

-


     मर्दी न्युज    
     वैशाख २३ गते २०८२ मा प्रकाशित


नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा ५ हजार ३०० रुपैयाँले बढेर एक लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन सुन तोलाको १ लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १ हजार ९१० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।