पेट्रोलियम पदार्थको मूल्य घट्यो

-


     मर्दी न्युज    
     जेठ १ गते २०८२ मा प्रकाशित


पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।

नेपाल आयल निगमका अनुसार आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको हो ।

निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको हो। इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल र डिजेलको मूल्य घटेकाले निगमले मूल्य घटाएको हो। 

नयाँ मूल्यअनुसार पेट्रोल १ सय ५७ रुपैयाँ, डिजेल र मट्टितेल १ सय ४२ रुपैयाँ पर्नेछ। नयाँ मूल्य बिहीबार राति १२ बजेपछि लागू हुने निगमले जनाएको छ।