संकटमा परेको हिमाल बचाउन विश्व समुदाय एक हुनुपर्छ : प्रधानमन्त्री ओली

-


     मर्दी न्युज    
     जेठ ३ गते २०८२ मा प्रकाशित


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनमा भूमिका नभएका संवेदनशील राष्ट्रलाई सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । आजदेखि यहाँ सुरु सगरमाथा संवादको उद्घाटन सत्रमा सम्बोधन गर्दै उनले वातावरण संरक्षणमा महत्त्वपूर्ण भूमिका रहेको हिमाल बचाउनका लागि विश्व समुदाय एकजुट हुन आवश्यक भएको बताएका हुन् । 

प्रधानमन्त्री ओलीले भने, “जसले सबैभन्दा बढी प्रदूषण गर्छन् उनीहरूले नै सबैभन्दा बढी योगदान दिनुपर्छ, उनीहरूले संवेदनशील राष्ट्रहरूलाई वित्त, प्रविधि, र क्षमता अभिवृद्धिमार्फत सहयोग गर्नुपर्छ ।”

विश्वका विभिन्न तीन दर्जनभन्दा बढी मुलुकका प्रतिनिधि र विश्व बैंक, एसियाली विकास बैंक, विमिस्टेक, सार्कलगायत क्षेत्रीय र बहुपक्षीय अन्तर्राष्ट्रिय ६१ संघ संस्थाका प्रतिनिधि सहभागी रहेको सगरमाथा संवाद तीन दिनसम्म सञ्चालन हुनेछ ।