युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित

-


     मर्दी न्युज    
     जेठ १४ गते २०८२ मा प्रकाशित


पोखरा । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन्। थेबे ७९६ मतसहित निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी सुमन पुरीले ६०८ मत प्राप्त गरे । सुमन पुरीभन्दा थेबे १८८ मतले निर्वाचित भएका हुन् ।

मंगलबार भएको निर्वाचनमा थेबे दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन् ।