सरकारले आज सदनमा बजेट प्रस्तुत गर्दै

-


     मर्दी न्युज    
     जेठ १६ गते २०८२ मा प्रकाशित


सरकारले आर्थिक वर्ष २०८२÷८३ को बजेट आज संसदमार्फत प्रस्तुत गर्दैछ ।

संसदको संयुक्त बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारको वार्षिक आय–व्ययको विवरण प्रस्तुत गर्नुहुने कार्यक्रम छ ।

यस वर्षको कूल बजेट करीव १९ खर्व हाराहारीको हुने अर्थमन्त्रालयले जनाएको छ ।

संवैधानिक व्यवस्था अनुसार हरेक वर्ष जेठ १५ गते बजेट सार्वजनिक गर्नुपर्छ । यसैवीच बजेट लेखनको सम्पूर्ण तयारी पूरा भएको अर्थमन्त्रालयले जनाएको छ ।