आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक (पूर्णपाठसहित)

-


     मर्दी न्युज    
     जेठ १६ गते २०८२ मा प्रकाशित


काठमाडौ । सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

बिहीबार बसेको संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले चालुतर्फ ११ अर्ब, ८० अर्ब ९८ करोड पूँजीगत तर्फ ४ खर्ब बजेट ७ अर्ब ८९ करोड वित्तिय ब्यवस्थापन तर्फ ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरिएको हो ।

विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि बजेटको दुईतिहाइ खर्च तलबभत्ताजस्ता चालु खर्चका लागि छुट्ट्याइएको छ।

आगामी आर्थिक वर्षको व्ययको अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा पाँच दशमलव छ प्रतिशत र संशोधित अनुमानको तुलनामा १८ दशमलव दुई प्रतिशतले बढी हो। कुल विनियोजनमा प्रदेश र स्थानीय तहका लागि वित्तीय हस्तान्तरणतर्फ चार खर्ब १७ अर्ब ८३ करोड विनियोजन गरिएको छ।

प्रत्येक वर्षको बजेट जेठ १५ गते अर्थमन्त्रीले संसद्‌मा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

पूर्णपाठ: