
पाेखरा । गण्डकी प्रदेशका पूर्व भौतिक मन्त्री तथा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका सांसद रेशमबहादुर जुग्जालीले प्रदेश सभाको रोष्ट्रमबाटै बजेट पुस्तिका च्यातेका छन् ।
सोमबार भौतिक पूर्वाधार मन्त्रालयको बजेटमाथि छलफलका क्रममा प्रदेश सभाकाे राेष्टममा जुग्जालीले मन्त्रालयबाट विनियोजन बजेट समन्यायिक नभएको भन्दै बजेट पुस्तिका च्यातेका हुन् ।
जुग्जालीले भौतिक पूर्वाधार मन्त्री प्रकाश केसीले म्याग्दी जिल्लाको भूगोल नबुझेको आरोपसमेत लगाए । ‘मुख्यमन्त्री ज्यू त यसअघि म्याग्दी जिल्ला पुग्नुभएको छ । भौतिक पूर्वाधार मन्त्री घुम्नुभएको छैन, तपाईलाई थाहा पनि छैन, होला,’ म तपाईंलाई भन्न चाहन्छु, म तपाईंलाई मेरो व्यक्तिगत पैसाबाट म्याग्दी जिल्लाको घुमाउन चाहन्छु,’ जुग्जालीले भने ।
जुग्जाली यसअघि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा भौतिक पूर्वाधार मन्त्री थिए ।