
तीन दिनदेखि सेयर बजार लगातार बढेको छ । मंगलबार सेयर बजारको परिसूचक नेप्से २८.९१ अंक बढेको छ । एक दशमलव ०९ प्रतिशतको वृद्धिपछि नेप्से परिसूचक दुई हजार ६६० दशमलव ३९ अंकमा कायम भएको हो ।
यसअघि आइतबार २६ र सोमबार ९ अंकले बजार बढेको थियो । आजको वृद्धिपछि २६६० मा कायम भएको हो ।
आज ३०९ कम्पनीको एक करोड ५७ लाख ६४ हजार एक कित्ता शेयर ७० हजार २१४ पटक खरिदबिक्री हुँदा रु सात अर्ब तीन करोड ३० लाख ५० हजार २८६ बराबरको कारोबार भएको छ ।
२१७ कम्पनीको मूल्य बढ्यो भने ३१ को घटेको छ । अधिकांश सेक्टरका सूचक बढेका छन् । लगानी समूह सबैभन्दा धेरै २.३८ प्रतिशत बढ्यो । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सबैभन्दा धेरै नौ दशमलव ८७ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा युनिलिभर नेपाल लिमिटेडको दुई दशमलव १३ प्रतिशतले घटेको छ ।

