भगवती न्यौपाने सामान्य प्रशासन मन्त्री नियुक्त

-


     मर्दी न्युज    
     असार ३१ गते २०८२ मा प्रकाशित


काठमाडौं ।  राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी छन् ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अपराह्न राष्ट्रिय सभा सदस्य न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका हुन्।

मंगलबार बिहान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले घुस प्रकरणमा मुछिएपछि राजीनामा दिएलगत्तै, रिक्त मन्त्री पदमा न्यौपाने नियुक्त भएकी हुन्।

न्यौपानेको राष्ट्रिय सभा सदस्यको कार्यकाल आगामी २० फागुनसम्म रहनेछ। उनी २०७६ सालमा गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी थिइन्।