राष्ट्रिय एकता अभियानका संयोजक गौतम एकीकृत समाजवादीमा समाहित

-


     मर्दी न्युज    
     श्रावण २ गते २०८२ मा प्रकाशित


काठमाडौँ । नेकपा राष्ट्रिय एकता अभियान संयोजक वामदेव गौतम नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा समाहित हुनुभएको छ ।

राष्ट्रियसभामा आज आयोजित एकतासभामा अभियानका संयोजक गौतमसहित सम्पूर्ण कमिटी समाहित भएको हो । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले गौतमलाई पार्टीमा स्वागत गरे ।

विसं २०७७ मा तत्कालीन नेकपा (एमाले) बाट अलग भएका दुवै पार्टीले छुट्टाछुट्टै राजनीतिक गतिविधि सञ्चालन गर्दै आएका थिए । लामो समयदेखि दुवै पार्टीका नेताबीच पार्टी एकीकरणका लागि औपचारिक तथा अनौपचारिक छलफल भएको थियो ।