
कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले आर्थिक वर्ष २०८१।०८२ मा कुल ८ सय ४ जना फरार प्रतिवादी पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी युनिटबाट खटिएको टोलीले १ वर्षको अवधिमा कुल ६ सय ४ जना पुरुष तथा २ सय जना महिला प्रतिवादी पक्राउ गरेको हो।
अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका प्रतिवादीहरू पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।
उनले निजहरूले कुल ६१ वर्ष २ महिना १५ दिन कैद सजाय भुक्तान गर्न बाँकी रहेको उल्लेख गरे। त्यस्तै दश करोड बाह्र लाख एक हजार तिन सय एकहत्तर रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको पनि जनाए।

