सेयर बजारमा ४७ अंकको करेक्सन, कारोबार रकम पनि घट्यो

-


     मर्दी न्युज    
     श्रावण १४ गते २०८२ मा प्रकाशित


साताको चौथो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। अघिल्लो दिन मंगलबार ३० अंकले बढेको नेप्से यसदिन ४७.९२ अंकले घटेर २९५४.१४ विन्दुमा झरेको छ।

कारोबार सुरु भएपछि प्राय: घटेको बजार अन्तिमसम्म कायम रह्यो । कारोबार रकम अघिल्लो दिनको तुलनामा केही घटेको छ ।

अघिल्लो दिन १८ अर्ब ५२ करोडको कारोबार भएकोमा आज १६ अर्ब ४४ करोडको कारोबार भएको छ ।