आज पनि ओरालो लाग्यो सेयर बजार

-


     मर्दी न्युज    
     श्रावण २१ गते २०८२ मा प्रकाशित


साताको चौथो सेयर कारोबार दिन बुधबार सेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १.९४ अंकले घटेर २८३२.०६ विन्दुमा अडिएको छ।

मंगलबार नेप्से परिसूचक ४१.७८ अंकले घटेर २८३३.५७ विन्दुमा अडिएको थियो।

बुधवार विन नेपाल लघुवित्तको शेयर मूल्य १० प्रतिशत बढेको छ भने महुली लघुवित्त र ट्रेड टावरको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत बढेको छ । यो दिन थ्री स्टार हाइड्रो पावरको शेयर मूल्य भने सर्वाधिक ३ दशमलव ७८ प्रतिशत बढेको छ ।

बुधवार लघुवित्त समूहको परिसूचक सर्वाधिक १ दशमलव ४१ प्रतिशत बढेको छ । यस दिन लघुवित्तसँगै अन्य समूहको शून्य दशमलव ४४ प्रतिशत र लगानीको शून्य दशमलव ४९ प्रतिशत परिसूचक बढेको छ । विकास बैंक समूहको परिसूचक यो दिन सर्वाधिक शून्य दशमलव ६१ प्रतिशत घटेको छ ।

३२० स्क्रिप्सको २ करोड १६ लाख ५७ हजार  ७०६ कित्ता सेयर ७ अर्ब ६३ करोड १३ लाख  ७५ हजार  ९५२ रुपैयाँमा खरिदबिक्री भए। कारोबार रकम मंगलबारको तुलनामा कम हो। मंगलबार ९ अर्ब ३३ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।