सुनको मूल्य इतिहासकै उच्च

-


     मर्दी न्युज    
     श्रावण २३ गते २०८२ मा प्रकाशित


शुक्रबार सुनको मूल्य इतिहासकै उच्च भएको छ । आज सुन तोलामा एक हजार रुपैयाँले बढेर एक लाख ९९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि गत मंगलबार सुनकाे मूल्यले १ लाख ९८ हजार ५ सयको उच्चतम रेकर्ड बनाएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १० रुपैयाँले बढेर २ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी बढेर २ हजार ३१५ रुपैयाँमा कायम भएको थियो ।