सुनचाँदीको मूल्य एक सयले बढ्यो

-


     मर्दी न्युज    
     श्रावण २९ गते २०८२ मा प्रकाशित


नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक सय रुपैयाँले बढेर एक लाख ९६ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन तोलामा एक लाख ९६ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १५ रुपैयाँले बढेर २ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी २ हजार ३२५ रुपैयाँमा कायम भएको थियो ।