नेप्से परिसूचक सामान्य अंकले बढ्यो

-


     मर्दी न्युज    
     श्रावण २९ गते २०८२ मा प्रकाशित


साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। बिहीबार नेप्से परिसूचक २.६२ अंकले बढेर २७८८.३६ विन्दुमा बन्द भएको हाे ।

लगातार घटेको तीन कारोबार दिनपछि आज बजार सामान्य अंक बढेको हो । साताको पहिलो कारोबार दिन आइतबार सार्वजनिक बिदा परेकाले कारोबार भएन। त्यसपछि दोस्रो कारोबार सोमबारदेखि नेप्से परिसूचक लगातार ओरालो लागेको थियो।

बजारको अंकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब १६ करोडको कारोबार भएकोमा आज ७ अर्ब ४६ करोडको कारोबार भएको छ ।