सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा २५ सय बढ्यो

-


     मर्दी न्युज    
     भाद्र २० गते २०८२ मा प्रकाशित


शुक्रबार सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । यस दिन सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँ पुगेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २५ सय रुपैयाँ बढी हो ।

बिहीबार सुन प्रतितोला रु. दुई लाख सात हजार ९०० कायम भएको थियो । 

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १० रुपैयाँले बढेर रु. दुई हजार चार सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  बिहीबार चाँदीको मूल्य प्रतितोला रु दुई हजार ४८० कायम भएको थियो ।