
पोखरा । पोखरा महानगरपालिकाको कार्यालयमा आन्दोलनकारीले मंगलबार दिउँसो तोडफोड गरेका छन् ।
महानगरमा जम्मा भएको भीड तितरबितर पार्न प्रहरीले चलाएको गोली लागेर एकजना घाइते भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।
यसैगरी पोखरा महानगरपालिका ५ को कार्यालयमा पसेर युवाहरुले राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर निकालिदएका छन् ।

