विना काम घरबाहिर ननिस्कन कास्की प्रशासनको अपील

-


     मर्दी न्युज    
     भाद्र २५ गते २०८२ मा प्रकाशित


पोखरा । मंगलबार भएको जेन–जी आन्दोलनका क्रममा भौतिक संरचनामा भएको क्षतिपछि राति १० बजेदेखि सेनासहित अन्य सुरक्षा निकाय परिचालित पछि स्थिति सामान्य बन्दै गएको छ ।

कास्की प्रशासनले बुधवार बिहान अपील जारी गरी अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन अनुरोध गरेको छ ।

प्रशासनले बुधवार बिहान जारी अपीलमा भनिएको छ, ‘जेन–जी समूहद्वारा जिल्लाका विभिन्न स्थानहरुमा भएको विरोध प्रदर्शनको क्रममा अवाञ्छित तत्वसमेत प्रवेश गरी सरकारी, अर्धसरकार तथा निजी सम्पत्ति, व्यापारिक प्रतिष्ठान, होटल आदिमाथि तोडफोड, आगजनी तथा लुटपाटसमेत गरी क्षति पु¥याउने र सुरक्षाकर्मी उपर आक्रमण गर्ने जस्ता हिंस्रक र अराजक गतिविधि भएकोमा त्यस्ता गतिविधिलाई नियन्त्रण गर्नको लागि मिति २०८२÷०५÷२४ गते राति १०ः०० बजेदेखि नै नेपाली सेनासहित जिल्लास्थित सुरक्षा निकाय परिचालित भइसकेको छ । जिल्लामा शान्ति सुरक्षाको अवस्था क्रमशः सामान्य हुँदै गइरहेको छ । यस विषम परिस्थितिमा जिल्लास्थित आम सर्वसाधारणहरु संयमित भई रहनुहुन, अत्यावश्यक कामबाहेक बाहिर हिँडडुल एवम् आवात जावत नगर्नुुहुन, भीडभाडजन्य गतिविधिहरु नगर्नुहुन, कुनै शंकास्पद र अराजक गतिविधि भएमा वा हुन लागेमा तुरुन्त सुरक्षा निकायमा सम्पर्क गर्नुहुन समेत अनुरोध गर्दछौं ।’

मंगलवार राति दशबजेदेखि आन्दोलनबाट उत्पन्न परिस्थिति पछि देशको समग्र सुरक्षा अवस्था नेपाली सेनाले लिएको छ ।