सञ्चालनमा आयो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

-


     मर्दी न्युज    
     भाद्र २५ गते २०८२ मा प्रकाशित


मंगलबारदेखि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमान सञ्चालनमा आएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले साढे ३ बजेबाट विमानस्थल खुला गरेको हो।

विमानस्थल सुरक्षा समिति बैठकको निर्णयानुसार पुनः सुचारु गर्ने निर्णय भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै हवाई यात्राका लागि विमानस्थल पुग्ने यात्रुले आफ्ना सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिन र आधिकारिक टिकट तथा परिचयपत्रसहित मात्र विमानस्थल आउन आग्रह गरेको छ । यसैगरी, यात्रुले अत्यावश्यक अवस्थामा मात्र विमानस्थलमा उपस्थित हुन र अनावश्यक भिडभाड नगर्न समेत अनुरोध गरिएको छ ।