निषेधाज्ञा तथा कर्फ्यू खुकुलो, अत्यावश्यक सेवा सञ्चालन गर्न सकिने

-


     मर्दी न्युज    
     भाद्र २६ गते २०८२ मा प्रकाशित


नेपाली सेनाले काठमाडौं उपत्यकामा निषेधाज्ञा र कर्फ्यू खुकुलो बनाएको छ।

सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बिहीबार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ।

अत्यावश्यक कामका लागि आज बिहान ६ देखि १० बजेसम्म र बेलुका  ५ देखि ७ बजेसम्म आवतजावत गर्न पाइने समय तोकिएको सेनाले जनाएको छ।

निषेधाज्ञा र कर्फ्यू अवधिमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मीका साथै अत्यावश्यक सेवा तथा सामान (दमकल, शववाहन, पानी, खाद्यान्न, दूध तरकारी, औषधि) का गाडीहरू सञ्चालन हुन सक्नेछन्।

सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले परिचय पत्र देखाएर कार्यालय जान सकिने उल्लेख छ।

आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुहरूले आफ्नो टिकट देखाएर आवतजावत गर्न सकिने पनि सेनाले जानकारी दिएको छ।

अरू सहायता चाहिए सेनासँग सम्पर्क गर्न सकिने पनि जनाइएको छ।

यसअघि मंगलबार बेलुकी १० बजेदेखि बुधबार बिहान ५ बजेसम्म कर्फ्यू, त्यसपछि साँझ ५ बजेसम्म निषेधाज्ञा र यसपछि कर्फ्यू जारी थियो।