सुन र चाँदीको मूल्यमा रेकर्ड

-


     मर्दी न्युज    
     भाद्र ३१ गते २०८२ मा प्रकाशित


सुनको भाउमा मंगलबार फेरि नयाँ रेकर्ड बनेको छ ।

अघिल्लो दिनको तुलनामा सुन तोलामा १ हजार ९ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि गत शुक्रबार हालसम्मकै उच्च २ लाख १५ हजार ८ सय रुपैयाँको रेकर्ड बनेको थियो ।

यस्तै, चाँदीको भाउमा पनि नयाँ रेकर्ड बनेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँ बढेसँगै चाँदी तोलामा २ हजार ५९५ रुपैयाँ पुगेको छ ।