नेप्से ६ प्रतिशत घटेपछि आजको लागि कारोबार बन्द

-


     मर्दी न्युज    
     असाेज २ गते २०८२ मा प्रकाशित


नेप्से परिसूचक ६ प्रतिशत घटेसँगै आजको लागि कारोबार बन्द भएको छ ।

बिहीवार नियमित बजार खुला भएको २ मिनेटमानै नेप्से परिसूचक ४ प्रतिशत घटेको थियो भने पहिलो सर्किट पछि २० मिनेट रोकिएको खुला भएको बजार १ मिनेटमै थप एक प्रतिशत अर्थात ५ प्रतिशत घटेर दोस्रो सर्किट लागेको थियो ।

त्यसपछि ४० मिनेट कारोबार रोकिएर १२ बजेर ३ मिनेटमा खुलेको बजारमा १२ बजेर ६ मिनेटमा थप १ प्रतिशत अर्थात ६ प्रतिशत घटेसँगै आजको लागि कारोबार बन्द भएको हो ।

जेन–जी आन्दोलनका लागि भदौ २४ गतेदेखि बन्द रहेको बजार बिहीवारदेखि खुला भएको हो । लगानीकर्ता आत्तिएर उच्च विक्री चाप हुँदा बजार नकारात्मक सर्किटको प्रभावमा परेको छ ।