नवनियुक्त मन्त्रीहरुद्वारा पद तथा गोपनीयताको शपथ

-


     मर्दी न्युज    
     असाेज ६ गते २०८२ मा प्रकाशित


काठमाडौँ । नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूले शपथ लिएका हुन्।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले चार जनालाई मन्त्रीमा नियुक्त गरेका थिए।

पद तथा गोपनियताको सपथ लिनुहुने मन्त्रीहरुमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री  महावीर पुन, कृषि मन्त्री मदन परियार र उद्योग,बाणिज्य तथा आपुर्तिका साथै कानुन मन्त्री अनिलकुमार सिन्हा र संचार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेल रहेका छन् ।

शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थित थिए ।