सुनको मूल्य हालसम्मकै उच्च, तोलामा ३ हजार नौ सयले बढ्यो

-


     मर्दी न्युज    
     असाेज ७ गते २०८२ मा प्रकाशित


नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

आज सुन तोलामा तीन हजार नौ सय रुपैयाँले बढेर प्रतितोला २ लाख २१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार भने सुनको मूल्य २ लाख १७ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेर २ हजार ६८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदी तोलाको २ हजार ६६० रुपैयाँमा कारोबार भएको थियो ।