
नेपाली बजारमा सुन र चाँदीको मूल्यले रेकर्ड ब्रेक गरेको छ । आज सुन तोलामा सात सय रुपैयाँले बढेर प्रतितोला २ लाख २३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्यले यसभन्दा पहिलेको दुई लाख २३ हजार रुपैयाँको उचाई ब्रेक गरेर आज नयाँ उचाई बनाएको हो ।
गत शुक्रबारको बजारमा छापावाला सुनको मूल्य प्रतितोला दुई लाख २२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको ७० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो । आईतबारको बजारमा चाँदी तोलाको २ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा चाँदी दुई हजार ७४० रुपैयाँमा कारोबार भएको थियो । सो मूल्यलाई ब्रेक गरेर चाँदी नयाँ उचाई बनाएको हो । पछिल्ला दुई दिनमा चाँदीको मूल्य निरन्तर रेकर्ड ब्रेक गर्दै बढेको हो ।

