शेयर कर्जा धितोमा २५ करोडको सीमा हटाएपछि बजारमा पोजिटिभ सर्किट

-


     मर्दी न्युज    
     असाेज २३ गते २०८२ मा प्रकाशित


काठमाडौँ । सेयर बजारमा पोजिटिभ सर्किट ब्रेक लागेको छ । कारोबार सुरु भएको ३ मिनेटमै बजार ४ प्रतिशत बढेको हो । ४ प्रतिशत बढेर सर्किट ब्रेक लागेसँगै २० मिनेटका लागि कारोबार स्थगित भएको छ ।

नेपाल राष्ट्र बैंकले शेयर कर्जा धितोमा ब्धक्तिगत तर्फ लगाएको २५ करोडको सिमा हटाएपछि त्यसको असर आजको बजारमा परेको हो ।

२५ करोडको सिमा हटेको मनोबैज्ञानिक असर पर्दा कारोवार शुरु भएको ३ मिनेट मै नेप्से ४ प्रतिशतले बढेपछि कारोवार केही बेरको लागि रोकिएको हो । यस अवधिमा ५ लाख ६० हजार कित्ता शेयर करोड ५५ लाख रुपैयाँमा करोवार भएको थियो ।