सेयर बजार १८.४० अंकले घट्यो

-


     मर्दी न्युज    
     असाेज ३० गते २०८२16 मा प्रकाशित


साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १८.४० अंकले घटेर २४८७.१७ विन्दुमा झरेको छ।

केही दिनयता बजार निरन्तर ओरालो लागेको छ ।

यसदिन ३११ कम्पनीको ७६ लाख ४३ हजार ६३५ कित्ता सेयर ३ अर्ब २७ करोड ५४ लाख ८६४  रुपैयाँमा खरिदबिक्री भए। अघिल्लो दिन बुधबार ३ अर्ब १० करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। कारोबारमा आएकामध्ये ४५ कम्पनीको मूल्य बढ्दा १९७ वटाको घट्यो । ९ वटा कम्पनीको मूल्य भने स्थिर रह्यो।

बैंकिङ ०.०२ प्रतिशत बढेको छ भने अरू समूहगत सूचक घटेका छन् ।