सिफारिस भएका चारमध्ये दुई मन्त्रीको मात्रै शपथ हुने

-


     मर्दी न्युज    
     कार्तिक ९ गते २०८२26 मा प्रकाशित


काठमाडौँ। नयाँ मन्त्रीका लागि सिफारिस भएका चारजना मन्त्रीमध्ये दुई जनाको मात्रै शपथ हुने भएको छ । उच्च स्रोतले बताए अनुसार, सिफारिस भएका चारमध्ये खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठको शपथ आज नहुने भएको हो ।

बब्लु गुप्ता र सुधा शर्मा गौतमको भने शपथ हुने भएको हो ।

सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिने गरी राष्ट्रपतिसमक्ष सिफारिस गरिएको थियो ।

सुनारको नाममा चौतर्फी विवाद भएपछि प्रधानमन्त्री सुशीला कार्कीले थप छलफल गरेकी थिइन् । छलफलपछि सुनारसहित श्रेष्ठको पनि शपथ रोकिएको हो ।

राष्ट्रपति कार्यालयले अहिले दिउँसो साढे २ बजेका लागि शपथ ग्रहण कार्यक्रम तय गरेको छ । तर, सिफारिस भएका मन्त्रीको नाममा विवाद भएको थियो ।