
अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक लगाइएको छ । सो क्षेत्रमा वर्षा र हिमपात भइरहेकाले पदयात्रामा रोक लगाइएको हो ।
सो स्थानमा केही पदयात्रीहरू तल झर्न र माथि उक्लिन सकिरहेका छैनन् । उनीहरूलाई सहजीकरण गर्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय उद्धारकर्मी इन्द्र शेरचन थकाली सहितको टोली खटिएको छ । सो टोली अन्नपूर्ण गाउँपालिकासँग समन्वय गरी परिचालित भएको हो ।
आवश्यक सहयोग वा सूचना चाहिएमा प्रहरी कन्ट्रोलको १०० नम्बर वा नजिकको प्रहरी वा अन्नपूर्ण गाउँपालिकाका प्रतिनिधिहरूलाई सम्पर्क गर्न अन्नपूर्ण गाउँपालिकाले अनुरोध गरेको छ ।

