सुनचाँदीको मूल्य बढ्यो

-


     मर्दी न्युज    
     कार्तिक २० गते २०८२ मा प्रकाशित


नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले बढेर दुई लाख ३७ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बुधबार सुनको मूल्य दुई लाख ३७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी २० रुपैयाँले बढेर तोलामा तीन हजार १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी दुई हजार नौ सय ९० रुपैयाँ कारोबार भएको थियो ।