कोरला भन्सारबाट तीन अर्ब बढी राजस्व असुली

-


     मर्दी न्युज    
     कार्तिक २१ गते २०८२ मा प्रकाशित


मुस्ताङ । कोरलास्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा रु तीन अर्ब दुई करोड ७३ लाख ३८ हजार राजस्व संकलन गरेको छ । 

भन्सार प्रमुख रमेश खड्काका अनुसार बितेका तीन महिनामा एक हजार ४९८ वटा विद्युतीय सवारीसाधनका साथै ६७१ वटा मालबाहक कन्टेनरबाट सामान आयात भएको छ । यो नाकाबाट २८ वटा मालबाहक सवारीसाधनले स्वदेशी उत्पादन चीनको स्वशासित क्षेत्र सिजाङ पुर्‍याएका छन् । 

बाढीपहिरोले तातोपानी र रसुवागढी नाका  अवरुद्ध भएपछि कोरला नाकाबाट चीनसँगको मुलुकको आयात निर्यात जारी छ ।